एक गीतको छायाँकन बाँकी राख्दै सकियो ‘गीत गजल’

एक गीतको छायाँकन बाँकी राख्दै सकियो ‘गीत गजल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘गीत गजल’को ३५ दिनमा छायाँकन सकिएको छ । निर्देशक नितिन चंन्दका अनुसार सिनेमाको एक गीतको छायाँकन बाँकी राख्दै सम्पुर्ण सुटिङ सकिएको छ । ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।

‘गीत गजल’बाट नेपाली सिनेमा क्षेत्रमा रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन् । सिनेमा निर्माण आफ्नो टिमले कुनैपनि कमी कमजोरी नछोडेको भन्दै सिनेमा उत्कृष्ट बनेको निर्माता आरोहण क्षेत्रीले बताए । आफ्नो सिनेमामा नयाँ कलाकार भएपनि उनीहरुले उत्कृष्ट काम गरेको उनको भनाई छ ।

सिनेमामा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । गीत गजलमा कथा,पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।