निश्चल र अञ्जलीको म त पिरिममा ‘गरुड पुराण’ गीत रिलिज (भिडियो)

निश्चल र अञ्जलीको म त पिरिममा ‘गरुड पुराण’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ ४ गतेलाई आफ्नो प्रदर्शन मिती तय गरेको सिनेमा ‘गरुड पुराण’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ‘म त पिरिम मा’ बोलको गीतमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँगै मुख्य कलाकार कर्मा शाक्य, डेव्यु अभिनेत्री प्रिंयका सिंह ठकुरी, अञ्जली योञ्जनलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा कोशिस क्षेत्रीको संगीत, निर्देशक दिनेश रावतको शब्द रहेको गीतमा संगीतकार कोशिस क्षेत्री र मनिषा पोखरेलको स्वर छ । गीतमा कोरियोग्राफी भने ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशक बनिसकेकी कोरियोग्राफर रेनेशा वान्तवा राईले गरेकी हुन् । पारिवारिक तथा कमेडी कथावस्तुमा निर्माण गरिएको सिनेमालाई सुवास कोईरालाले निर्देशन गरेका हुन् ।

गरुड पुराणमा कर्मा शाक्य र डेव्यु अभिनेत्री प्रिंयका सिंह ठकुरीका अलवा नाजिर हुसेन, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधर, बसन्त भट्ट लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

अजित प्रजापती र अशोक गौतमले मिलेर निर्माण गरेको सिनेमामा आकाश बराल, बिनोद खतिवडा र निर्देशक सुवास कोईरालाको पटकथा तथा संवाद, कसम नेपालको कथा, सुसन प्रजापतीको छायाँकन, उज्वल ढकालको सम्पादन रहेको छ ।