‘म त पिरिममा’को कभर भिडियो बनाएर ५० हजार जित्नुहोस !

‘म त पिरिममा’को कभर भिडियो बनाएर ५० हजार जित्नुहोस !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ ४ गते रिलिज हुने सिनेमा ‘गरुड पुरण’ युनिटले पछिल्लो समय लोकप्रिय भैरहेको गीत ‘म त पिरिममा’को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ । मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगितामा गीतको कभर भिडियोमा उत्कृष्ट नृत्य गर्ने एक समुहले नगद ५० हजार जित्नुका साथै एउटा म्युजिक भिडियो अभिनय गर्ने अवसर दिनुका साथै नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसर लगायतका पुरस्कार पाउने सिनेमाका निर्देशक सुवास कोइरालाले बताए ।

प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर [email protected] मा पठाउनुपर्ने छ । उपलब्ध भिडियोहरु मदानी क्रीएसनको युटुब च्यानलमा अपलोड गरिने क्रीएसनका सिइओ बिष्णुकान्त घिमिरेले बताए ।

दिनेस राउतको शब्द रहेको गीत ‘म त पितिममा’ मा कोसिस क्षेत्री र मनिशा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन । गीतमा उदयराज पौडेलको एरेन्ज र कोसिस क्षेत्रीको सङ्गीत रहेको गीतमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियङ्का सिंह र अन्जली योन्जनको दमदार नृत्य देख्न सकिन्छ ।