‘गाँजाबाजा’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माणको लामो समय पश्चात रिलीज हुन लागेको सिनेमा ‘गाँजाबाजा’को ट्रेलर रिलिज भएको छ ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको सिनेमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

फागुन २५ गते सार्वजनिक हुने सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *