‘ह्याप्पी ह्याप्पी मूड’सहित ‘गाँजाबाजा’को रिलिज डेट फाईनल !

‘ह्याप्पी ह्याप्पी मूड’सहित ‘गाँजाबाजा’को रिलिज डेट फाईनल !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायाँकन सकिएको लामो समयसम्म पनि रिलिज हुन् नपाएको सिनेमा ‘गाँजाबाजा’ले प्रदर्शन मिति तोक्दै गीत सार्वजनिक गरेको छ । अब सिनेमा यहिँ वर्षको फागुन २५ मा अलनेपाल रिलिज हुनेछ ।

‘ह्पाप्पी ह्याप्पी मूड…’ बोलको गीत अहिले चल्तीमा रहेका गीत भन्दा भिन्न लाग्छ । निख एण्ड जटाको संगीत रहेको गीतमा जटावेदा बेनर्जीको स्वर छ । गणेशदेव पाण्डेको लेखन निर्देशन रहेको सिनेमा विकासबोर्डको सेन्सर झमेलामा २ वर्ष देखि फसेको थियो ।

अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको सिनेमामा याकोपो रास्लिकको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन छ ।

बाबा (सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

https://youtu.be/3H0Ow861qLA