‘ग्याङ्स्टर ब्लूज’ अडिसनमा ४ सय बढि सहभागी

‘ग्याङ्स्टर ब्लूज’ अडिसनमा ४ सय बढि सहभागी

द सिनेमा टाइम्स
0
Shares

पछिल्लो पुस्ताका नेपालीमा फिल्मप्रतिको क्रेज बढ्दो छ । हलमा फिल्म चल्दा वक्सअफिमा हिट दिन यहि पुस्ताको हात छ । कलाकारको अभिनयको राम्रो नराम्रो पक्ष केलाउन पत्रकार र समिक्षक मात्र होइन सामाजिक सञ्जालमा समेत उत्तिकै सकृय युवा पुस्ता अघि छ । यो बीचमा नेपाली फिल्म प्रतिको युवापुस्ताको बढ्दो क्रेजको पछिल्लो उदाहरण बनेको छ फिल्म ‘ग्याङ्गस्टार ब्लूज’को अडिसन । फिल्म निर्माण टिमले मुख्य कलाकार फाईनल भइसक्दा सहायक पात्रको लागी आह्वान गरेको अडिसनमा ४ सय बढि सहभागी भएका छन् । सोमबार राजधानीमा आयोजित अडिसनमा सहभागी हुन झापा देखि धनगढीसम्मबाट युवा युवतीहरु आएको पाईयो । 
निर्देशक हेमराज बिसी सहितको टोलीले सहभागीहरुको अभिनय कला जाँच गरेको थियो । मुख्यतः डायलग डेलिभरी, शारिरिक हाउभाउ, क्यामेरा (आईकन्ट्याक) जस्ता विषयलाई मुल बनाएर अडिसन लिईएको थियो । अडिसनमा उपस्थित मध्येबाट उत्कृष्ट बनेर फिल्मको लागी छनोट हुनेको नाम छिट्टै नै सार्वजनिक गरिने निर्माता सरोज न्यौपानेले बताए । ‘नेपाली फिल्म उद्योगमा कलाकारको खडेरी छ भन्नेहरुलाई हाम्रो अडिसन गतिलो जवाफ बनेको छ, निर्देशक हेमराज बिसीले भने, मैले नेपाली फिल्म बुझेदेखि यो क्षेत्रमा लागेदेखि आज आएर पहिलो पटक फिल्म उद्योगमा आउन खोज्ने पछिल्लो पुस्ताको यति ठुलो क्रेज भेटेँ, यो आफैमा एउटा इतिहास हो ।
उनले खोज्दै जाने हो भने आशालाग्दा र सम्भावना बोकेका प्रतिभा हाम्रै वरीपरी रहेको भन्दै अन्य निर्माता निर्देशकलाई समेत यो प्रकारको कार्यक्रम आयोजना गर्न आग्रह गरे ।फागुनको पहिलो साताबाट फ्लोरमा जान लागेको उक्त फिल्मको लागी सम्पुर्ण सहायक पात्रको लागी अडिसन आयोजना गरिएको थियो । फिल्ममा यसअघि नै लिड अभिनेतामा आशिरमान देशराज, संयम पुरी फाईनल भईसकेका छन् भने लिड अभिनेत्रीमा आना शर्मासँगै रोजिशा शाहि ठकुरी फाइनल छन् । फिल्मका कार्यकारी निर्माता मनिष पण्डित हुन् ।