‘ग्याङस्टार ब्लुज’मा संयमको भिन्न लुक्स (टिजर)

‘ग्याङस्टार ब्लुज’मा संयमको भिन्न लुक्स (टिजर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङस्टार ब्लुज’को टिजर सार्वजनिक गरिएको छ । एक्सन र रोमान्स दृश्य समावेश टिजरम नव-कलाकार आशिरमान देशराज, अभिनेत्री आना शर्मा, रोजिशा शाही ठकुरी र अभिनेता संयम पुरी प्रस्तुत भएका छन् । टिजरमा संयम भिन्न अवतारमा देखा परेका छन् ।

मध्यपश्चिमका बिभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत छ । सरोज न्यौपानेको निर्माण रहेको फिल्म भदौ २ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको छायाँकन सकिएर सम्पादनको कार्य हुँदैछ ।