आशिरमान र आनाको अजम्बरी पिरती (भिडियो)

आशिरमान र आनाको अजम्बरी पिरती (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ गते रिलिज हुने सिनेमा ‘ग्याङस्टर ब्लुज’को पहिलो गीत सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाद्वारा संगीतवद्द गीतमा आशिरमान देशराज जोशी र आना शर्मा फिचरिङ छन् । मध्यपश्चिमको तराई ईलाकामा यी दुईको डेटलाई गीतद्वारा प्रस्तुत गरिएको छ ।

‘अजम्बरी…’ बोलको गीतमा संगीतकार र मेलिना राईले लभ भ्वाइस दिएका छन् । सविन एकतारे र कालीप्रसाद बाँस्कोटाको शब्दलाई राकेश गुरुङले एरेन्ज गरेका गरेका छन् । सिनेमाको ट्रेलरले हाइप बनाउँदा यो सिनेमालाई दर्शकले प्रतिक्षा गरिरहेका छन् ।

हेमराज विसी निर्देशित सिनेमालाई सरोज न्यौपाने र हेमराज विसीले निर्माण गरेका हुन् । बनिश शाह र  मिलन श्रेष्ठको सम्पादन रहेको सिनेमामा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, अनुपम शर्मा, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ ।