सिड्नी प्रिमियर ‘ग्याङस्टर ब्लुज’लाई यस्तो प्रतिक्रिया

सिड्नी प्रिमियर ‘ग्याङस्टर ब्लुज’लाई यस्तो प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ बाट अलनेपाल प्रदर्शनमा आउँन लागेको सिनेमा ‘ग्याङस्टर ब्लुज’को आइतबार सिड्नी प्रिमियर सम्पन्न भएको छ ।

अस्ट्रेलिया रिलिज अन्तर्गत सिड्नीमा भएको प्रिमियरमा सिनेमा हेर्न दर्शकको बाक्लो उपस्थिति रह्यो । सिनेमा हेर्न २ सय बढी दर्शक आएका थिए । क्षमता भन्दा बढी भैदिदा कति दर्शकले उभिएर समेत ‘ग्याङस्टर ब्लुज’ हेरे । साथै सिनेमा हेरेका दर्शकले आफ्नो समय र टिकट खेर नगएको प्रतिक्रिया दिएका छन् ।

सिनेमाको प्रिमियर ड्रिम हाईट र रकडेल ब्वाईजले आयोजना गरेको थियो । हेमराज विसी निर्देशित सिनेमामा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ ।

‘ग्याङस्टर ब्लुज’मा मनिष पण्डित कार्यकारी निर्माता र सरोज न्यौपाने/हेमराज बीसी निर्माताको रुपमा रहेका छन् । सिनेमालाई नेपाली बक्सअफिसमा प्रतिक्षित मानिएको छ ।