सकियो ‘ग्याङस्टर ब्लुज’को म्युजिकल जर्नी

सकियो ‘ग्याङस्टर ब्लुज’को म्युजिकल जर्नी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ देखि प्रदर्शनमा आउँन लागेको सिनेमा ‘ग्याङस्टर ब्लुज’ प्रचार-प्रसारको उच्च विन्दुमा पुगेको छ । प्रदर्शनको हप्ता दिन बाँकी रहँदा सिनेमाले दर्शक माँझ आफ्नो आफुलाई चिनाउँन अनेकन उपाय अपनाईरहेको छ ।

यसै क्रममा हेमराज बिसी निर्देशित ‘ग्याङस्टर ब्लुज’ले म्युजिकल जर्नी सम्पन्न गरेको छ । सिनेमाले पोखरा, बुटवल, नारायणगढ, लगायतका स्थानमा दर्शक विच अन्तरक्रिया गर्दै म्युजिकल कन्सर्ट गर्यो । जर्नीताका सिनेमाका कलाकार र टिमलाई दर्शकबाट उत्साहजनक माया मिल्यो ।

दर्शकले सिनेमाका कलाकार र संगीतकारसँग सेल्फी लिदै ‘ग्याङस्टर ब्लुज’ हेर्ने वाचा गरे । चितवनको नारायणगढमा आज गरिएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रह्यो ।  ‘नारायणगढमा आशिरमानको क्रेज थामीनसक्नु थियो’ निर्माता सरोज न्यौपानेले खुसि भाव व्यक्त गर्दै ‘द सिनेमा टाइम्ससँग खुसि साटे ।  नेपालमा कलाकार प्रति यसरी दर्शकीय माया बढेको देख्दा अब नेपाली सिनेमा प्रगतीको बाटो तर्फ लम्किरहेको कुरा पुष्टी हुने निर्माताले बताए ।

सिनेमामा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही लगायतका कलाकारको मुख्य भूमिका छ । टिजर र ट्रेलर रिलिज भएसँगै सिनेमाले हाइप सिर्जना गरेको छ ।

तस्विर: निर्माता सरोज न्यौपानेको फेसबुक प्रोफाइलबाट