‘ग्याङस्टर ब्लुज’: सृष्टिको ‘अबला’ आइटम सार्वजनिक

‘ग्याङस्टर ब्लुज’: सृष्टिको ‘अबला’ आइटम सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ गते प्रदर्शनमा आउँने सिनेमा ‘ग्याङस्टर ब्लुज’ यति बेला चर्चामा छ । सिनेमाको टिजर रिलिज भएसँगै प्रतिक्षित बनेको सिनेमाले प्रदर्शन मिति निजिकिदै गर्दा प्रचारका सामग्री सार्वजनिक गर्दै आईरहेको छ ।

हिजो मात्र पोस्टर सार्वजनिक गरेको निर्माण युनिटले सिनेमाको नयाँ गीत सार्वजनिक गरेको छ । ‘अबला…’ बोलको आइटम गीतमा सृष्टि कार्की फिचरिङ भएकी छन् । कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा बनीका प्रधान र संगीतकार स्वयम्को स्वर छ । गीतका शब्द मानस, कालीप्रसाद र एकतारेले लेखेका हुन् ।

सरोज न्यौपानेले निर्माण लगानी गरेको सिनेमालाई हेमराज विसीले निर्देशन गरेका हुन् । यो सिनेमामा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ ।