‘ग्याङ्गस्टर ब्लूज’ फिल्मांकन सुरु, भदौमा रिलिज

‘ग्याङ्गस्टर ब्लूज’ फिल्मांकन सुरु, भदौमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

‘ग्याङ्गस्टार ब्लूज’ अन्तत: फ्लोरमा गएको छ । हेमराज बिसीको ‘एक्शन कट’सँगै पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायाँकन सुरु भएको हो ।  अर्को बर्षको भदौमा रिलिज हुने  फिल्म बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा  खिचिनेछ । निर्माता सरोज न्यौपानेले ५० दिनको छायाँकन सेड्युअल लिएर आफुहरु फ्लोरमा गएको बताए । फिल्मांकन सुरु हुनु एक हप्ता पहिले नै निर्माता, निर्देशक, प्राविधक तथा कलाकारहरुको टोली नेपालगंज पुगेको थियो । छायाँकन स्थल, त्यहाँको रहनसहन बुझेपछि अन्तत: सोमबारबाट फिल्मको छायाँकन सुरु गरिएको न्यौपानेले बताए ।मनिष पण्डित कार्यकारी निर्माता रहेको फिल्ममा ‘जेरी’ डेब्यू गर्ल आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाहि ठकुरी लिड अभिनयमा हुनेछन् ।छायाँकन पुर्व नै एक प्रकारको हाईप बनाएको फिल्मलाई आशाको नजरमा हेरिएको छ ।