Trending #1: अनमोल-सृष्टिको ‘गाजलु’ युट्युव नेपालमा एक नम्बर, तीन दिनमा १२ लाख भ्यु

Trending #1: अनमोल-सृष्टिको ‘गाजलु’ युट्युव नेपालमा एक नम्बर, तीन दिनमा १२ लाख भ्यु

द सिनेमा टाइम्स
0
Shares

केहि दिन अघि युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल  सृष्टि श्रेष्ठ अभिनित सिनेमा ‘गाजलु’ युट्युवमा रिलिज गरियो । एकै दिनमा झन्डै 6 लाख बढी पटक युट्युबमा हेरिएको यो फिल्मले  तीन दिनमा १२ लाख ८० हजार (यो समाचार तयार गर्दा सम्म)बढीले हेरिसकेका छन् ।

छोटो समयमै यतिकाले फिल्म हेरेका मात्र छैनन्, फिल्म नेपालको युट्युब ट्रेन्डिङको एक नम्बरमा आई सकेको छ । हेमराज विसी निर्देशित गाजलुले एक जना पुर्व कुमारीको प्रेम र संघर्षको कथा देखाउछ ।

Watch Movie Gajalu Here:

युवा पुस्ताका सुपरस्टार अभिनेता अनमोलको यो चौथो फिल्म हो भने सृष्टिको डेब्यु फिल्म हो । गएको जेठमा रिलिज यो फिल्मले दर्शक तथा समिक्षकको मन जितेको थियो भने बक्स अफिसमा समेत निकै राम्रो कलेक्सन गरेको थियो।

फिल्म पढेका मेकर रोहित अधिकारीले निर्माण गरेको ‘गाजलु’मा गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान अनि ऋतिक शाहीको पनि अभिनय छ ।