‘गाँजा बाजा’को ‘रिगीपिटी’ गीत रिलिज, हेर्नुस् रमाईलो छ !

‘गाँजा बाजा’को ‘रिगीपिटी’ गीत रिलिज, हेर्नुस् रमाईलो छ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन २५ गते अलनेपाल रिलिज हुने सिनेमा ‘गाँजा बाजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘रिगीपिटी…’ बोलको गीत रमाईलो बनेको छ ।

निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा सिनेमाका कलाकारहरु फिचरिङ छन् ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको सिनेमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

https://youtu.be/XBxf-LP8MQA