गोविन्दा स्टारर सिनेमा ‘फ्राईडे’को ट्रेलर रिलिज

गोविन्दा स्टारर सिनेमा ‘फ्राईडे’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडका चर्चित हाँस्य अभिनेता गोविन्दा लामो समय पश्चात बलिउमा कमव्याक गर्दैछन् । गोविन्दा र बरुण शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘फ्राईडे’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमाको ट्रेलरमा गोविन्दाका अनेक रुपमा देखाएको छ । जहाँ गोविन्दाका डान्स स्टेपसँगै कमेडी पाटोलाई सिनेमामा विशेष जोड दिएको बुझ्न सकिन्छ ।

‘फ्राईडे’मा गोविन्दा र बरुणका अलवा ब्रजेन्द्र काला, संजय मिश्र जस्ता बलिउडका हस्ती हाँस्य कलाकारको मुख्य भुमिका रहेको छ । लामो समय पश्चात बलिउडमा कमव्याक गर्न लागेका अभिनेता गोन्दिाको सिनेमाले कस्तो विजनेश गर्ला यो उनका फ्यानलाई अहिले चासोको विषय बनेको छ ।

यो सिनेमाका निर्देशक अभिषेक डोगरा हुन् । साजिद-वाजिदको संगीत रहेको सिनेमा ‘फ्राईडे’ भन्दा पहिले निर्देशक अभिषेकले ‘डॉली की डोली’ नामक सिनेमाको  निर्देशन गरेसकेका छन् ।