शुक्रबारदेखि हलमा तीन सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’, ‘बाँध मायाले’ र ‘धुम ३’

शुक्रबारदेखि हलमा तीन सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’, ‘बाँध मायाले’ र ‘धुम ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबारबाट तिन नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । व्यापक प्रचार प्रसार गरिएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’, औष प्रचार प्रसार गरिएको सिनेमा ‘बाँध मायाले’ र प्रचार प्रसार बिनै हलमा लागेको सिनेमा हो ‘धुम ३’ । साम्राज्ञीको ‘इन्टु मिन्टु लण्डनमा’र सृष्टिको ‘बाँध मायाले’ले शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । दुबै सिनेमा लभस्टोरी जनराका हुन् । सिनेमाले प्रेममा त्याग र समर्पणको कथा भन्छ ।

वर्षकै प्रतिक्षीत सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को निर्देशन चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राइले निर्देशन गरेकी हुन । आई को फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रज्वल शमसेर जबरा र प्रभु शमसेर जबराले निर्माण गरेका हुन् । भने सिनेमाको सह निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइपका कारण उक्त सिनेमाले मल्टिप्लेक्समा उच्च शोज पाएको छ । सिनेमामा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

सिनेमा ‘बाँध मायालेमा अभिनेत्री सृष्टिको जोडी अभिनेता आर्यन अधिकारीसँग बाँधिएको छ । सिनेमामा उनीहरु अर्जुन र श्रद्धाको भूमिकामा छन् । सविर श्रेष्ठ निर्देशित सिनेमामा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ ।

दुई सिनेमासँग भिड्न घरेलु बजारमा अभिनेता जय किशन बस्नेतको सिनेमा ‘धूम ३’ पनि प्रदर्शनमा आएको छ । यो सिनेमालाई जय किशन आफैले निर्माण तथा निर्देशन गरेका हुन ।