बक्सअफिस भिडन्त: ‘लालटिन’ प्रतिस्प्रधी ‘आधा लभ’

बक्सअफिस भिडन्त: ‘लालटिन’ प्रतिस्प्रधी ‘आधा लभ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । देवकुमार श्रेष्ठ निर्देशित ‘लालटिन’ र अर्पण थापा निर्देशित ‘आधा लभ’ यो साता बक्सअफिस मैदानमा उत्रिएका हुन् । बक्सअफिसका भिड्न तयार रहेका यी दुई सिनेमाको पुर्वतयारी कस्तो रह्यो त ?

आउनुहोस्  छोटो चर्चा गरौ:

लालटिन: भानु प्रतापको प्रस्तुतिमा सिनेमालाई अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । युट्युबमा रिलिज गीत/संगीतको एभरेज लोकप्रियता र सिनेमाका मुख्य कलाकारहरुले प्रचारप्रसारमा त्यति साथ नदिदा पनि निर्माता भानु प्रतापले पब्लिसिटीमा राम्रै आकार आकार दिएका छन् । सिनेमाका अन्य कलाकारले प्रदर्शन अगाडी विभिन्न कार्यक्रम गर्दै सिनेमाको पब्लिसिटीमा सहयोग गरिरहेकाले ‘लालटिन’ कस्तो व्यापार गर्ने हो भन्ने कौतुहलता सबैमा सिर्जना भएको छ ।

यो सिनेमामा याहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग साही, जनक बर्तौला, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

आधा लभ: यो सिनेमाले प्रदर्शन मितिसम्म आईपुग्दा दर्शक कहाँ आफ्नो बाहिरी रुपमा चिनाउन सकेको छैन । एकाध दर्शकले बाहेक अन्य ठाउँमा दर्शकले सिनेमाको बारेमा थाहा पाएका छैनन् । भन्न खोजेको के हो भने ? सिनेमाले आवश्यक प्रचारप्रसार गर्न सकेको छैन । अभिनेत्रीबाट निर्मात्री समेत बनेकी ऋचा शर्माले प्रदर्शन अगाडी २-३ वटा प्रेसमिट भन्दा धेरै ठाउँमा आफुलाई देखाउन चाहिनन । सिनेमाको प्रिमियरमा समेत ‘आधा लभ’लाई मिश्रीत प्रतिक्रिया मिलेको थियो ।

शहरी परिवेशको छुट्टाछुट्टै सम्वन्धका कथा प्रस्तुत गरेको सिनेमामा ऋचा शर्मा, अर्पण थापा, मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतका कलाकारको अभिनय छ ।