पर्दामा ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ प्रतिस्पर्धा !

पर्दामा ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ प्रतिस्पर्धा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पर्दामा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । यो साताका ‘मिस्टर झोले’ ‘बटरफ्लाई’ले बलिउड र हलिउडका कुनै ठुला सिनेमासँग प्रतिस्पर्धा गर्नुपर्ने छैन । विदेशी सिनेमा अन्तर्गत यो साता बलिउडको ‘१९२१’ मात्र प्रदर्शनमा आएको छ । उसो त यी सिनेमाले पहिलो साता ३ विदा खानेछन् । चर्चा गरौ नेपाली सिनेमाको बारेमा ।

मिस्टर झोले: रामबाबू गुरुङ निर्देशित सिनेमामा नेपाली पर्दामा प्रतिक्षित छ । दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की जस्ता अभिनयबाट ख्याती कमाएका कलाकारकै कारण पनि ‘मिस्टर झोले’ प्रतिक्षित बनेको हो ।

आजबाट अलनेपाल प्रदर्शनमा आएको सिनेमा भोलि देखि जापान, हङकङ, अस्ट्रेलिया लगायतका देशहरुमा प्रदर्शन हुदैछ | रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।

बटरफ्लाई: ओमप्रतीक गुरुङ निर्देशित लभस्टोरी सिनेमामा प्रियंका कार्की र आर्यन अधिकारीले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । सार्वजनिक ट्रेलर तथा गीतबाट यो जोडीले लोकप्रियता कमाईसकेको छ । ‘के म तिम्रो होइन र’बाट डेब्यु गरेका आर्यनलाई आशावादी अभिनेताको रुपमा हेरिएको छ । पहिलो सिनेमाले खासै राम्रो व्यापार नगरेपनि ‘बटरफ्लाई’बाट उनि निक्कै आशावादी छन् ।

ओमप्रतिक गुरुङकै लेखन रहेको सिनेमामा आर्यन र प्रियंकाका अलावा अर्पण थापा, रबिन्द्र खड्का, सुष्मा कार्की, पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित, राम बुढाथोकी र माधव पण्डितको अभिनय छ ।

सिनेमामा सुरेश बज्राचार्यको छायाँकन, अर्जुन पोखरेल/विकाश चौधरी/दीपक शर्माको संगीत, अर्जुन जिसी/मन्दील श्रेष्ठको सम्पादन र कुमार महर्जनको द्वन्द छ । द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई – कलर्स अफ लभ’मा पुष्पाञ्जली अधिकारी (सख), रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी छ ।