पर्दामा केकी र ‘इकू’

पर्दामा केकी र ‘इकू’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स , काठमाडौँ – यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । यम थापा निर्देशित ‘राज्जा रानी’ र रवी डंगोल निर्देशित ‘फिर्के’ यो साताका फ्रेस प्रतिस्प्रधी हुन् ।

राज्जा रानी: तराईमा क्षेत्रमा विधमान दाइजो प्रथा र बालविवाहलाई मुख्य कथा बनाएको सिनेमामा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, संगीता नापित, दिपक क्षेत्री लगायतका कलाकारको अभिनय छ ।

सिनेमाले बुधबार राजधानीमा आयोजित प्रिमियरमा राम्रो प्रतिक्रिया बटुलेको थियो । साथै, विहिबार जनकपुरमा समेत सिनेमा प्रिमियर गरिएको थियो । जनकपुरमा पनि सिनेमाले राम्रो प्रतिक्रिया पाएको खबर छ ।

राजधानी प्रिमियरमा एमाले नेता लालबाबु पण्डितले पनि सिनेमा हेरेका थिए । सिनेमा हेरे पश्चात ‘राज्जा रानी’ जस्तो सिनेमाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

फिर्के: शुलेमान शंकर ‘इकू’ले निर्माण गरेको सिनेमा पूर्णत कमेडी हो । सिनेमामा मुख्य भूमिका निर्वाह गरेका सुलेमानकै वरीपरी यसको कथा घुमेको छ ।

सेन्सर वोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको सिनेमामा शुलेमानका अलावा अर्पण थापा, ऋचा शर्मा, क्रिष्टीना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ उज्ज्वल भण्डारी, पुरन थापा लगाएतका कलाकारले अभिनय गरेका छन ।