आजबाट देशैभर सौगात र बेनिशाको ‘झ्यानाकुटी’ !

आजबाट देशैभर सौगात र बेनिशाको ‘झ्यानाकुटी’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आजबाट विवाहको महिना सुरु भएको छ । मंसीरमा विवाह गर्नेहरुको लागि त्यतिकै राम्रो । तर, विहे नहुनेहरुलाई पनि कुनै चिन्ता छैन । अभिनेत्री निशा अधिकारीले ‘झ्यानाकुटी’ निर्माण गरेर आजबाट प्रदर्शनमा ल्याएकी छन् ।

‘झ्यानाकुटी’ अर्थात् विहे । यो सिनेमा भित्र सौगात मल्ल र बेनिशा हमालको विहे हेर्न पाईनेछ । सिमोस सुनुवार निर्देशित सिनेमा देशभरका सिनेमा हलबाट एकल प्रदर्शनमा आएको हो । नेपाली प्रतिस्पर्धी र विदेशी राम्रा सिनेमा नहुँदा ‘झ्यानाकुटी’ले यसको प्रत्यक्ष लाभ उठाउने देखिन्छ ।

सिनेमामा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमी मोक्तान. जीवन भट्टराई लगायातका कलाकारको पनि अभिनय छ । सिनेमामा सनिश सुनुवार र विकाश चौधरीको संगीत र प्रदीप भारद्वाजको कथा रहेकोछ । सिनेमामा निशा अधिकारीका अलावा निर्देशकको पनि लगानी रहेको छ ।