हलमा ‘जोनी जेन्टलम्यान’ र ‘लीला’

हलमा ‘जोनी जेन्टलम्यान’ र ‘लीला’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो साता हलमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ र रमेश कोइराला निर्देशित ‘लीला’ यो साताका लागि फ्रेस रिलिज हुन् ।

जोनी जेन्टलम्यान:- पल शाह र आँचल शर्मा अभिनित सिनेमा पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । गीत/संगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् । सिनेमा देशभरका ६० बढी हलहरुबाट प्रदर्शनमा आएको हो । पल   र आँचलको क्रेजले सुरुवाती दिनमा दर्शक हलसम्म आउँने आँकलन गरिएको छ । त्यसपछीका दिनमा भने दर्शकको माउथ पब्लिसिटीमा सिनेमाको व्यापार भर पर्नेछ ।

पलका ‘नाइँ नभन्नु ल ४’ र ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा हिट छन् । त्यस्तै ‘नाइँ नभन्नु ल ४’बाटै नेपाली सिनेमामा डेब्यु गरेकी आँचलका लागि ‘जोनी जेन्टलम्यान’ दोस्रो सिनेमा हो । सिनेमामा पल र आँचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ ।

रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा/संवाद छ ।

लीला:- मलिना जोशी, संचिता लुइँटेल, राज कटुवाल, धुर्व कोइराला, देवीराम पराजुली लगायतका कलाकारहरुको अभिनय रहेको सिनेमालाई लक्ष्मण बस्नेत र विमला घिमिरेले निर्माण गरेका हुन् । एक्सन लभस्टोरी सिनेमामा वसन्त सापकोटा/लक्ष्मण बस्नेतको संगीत, डा.कृष्णहरि बराल/लक्ष्मण बस्नेतको शब्द र शिव ढकालको छायाँकन छ ।