पर्दामा ‘ग्याङस्टर ब्लुज’ र ‘भुइँमान्छे’

पर्दामा ‘ग्याङस्टर ब्लुज’ र ‘भुइँमान्छे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो साता दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । हेमराज बिसी निर्देशित ‘ग्याङस्टर ब्लुज’ र नवराज बुढाथोकी निर्देशित ‘भुइँमान्छे’ यो साताका फ्रेस प्रतिस्पर्धी हुन् ।

ग्याङस्टर ब्लुज: आशिरमान देशराज जोशी र आना शर्मा मुख्य भूमिका अभिनित सिनेमालाई लिएर सिने क्षेत्र आशावादी छ । सिनेमामा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, अरुणा कार्की लगायतको पनि अभिनय छ । सरोज न्यौपानेको निर्माण रहेको सिनेमाले प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत, सम्राट बस्नेतको द्वन्द, शैलेन्द्र डी कार्कीको छायाँकन छ । भारतीय कुनै पनि सिनेमा रिलिज नहुँदा ‘ग्याङस्टर ब्लुज’ले मल्टीप्लेक्समा राम्रो शोज पाएको छ । राजधानीमा क्युएफएक्सले १३ शोज उपलव्ध गराएको छ ।

भुइँमान्छे: रमेश बुढाथोकी र सिपोरा गुरुङ मुख्य भूमिकामा अभिनित सिनेमाले पोस्टमार्टमका लागि लास चिर्ने मान्छेको मनोवैज्ञानलाई मुख्य कथाबस्तु बनाएको छ । मंगलबार गरिएको प्रिमियरमा सिनेमाको कथाबस्तुलाई रुचाइएको थियो । रुपाराज्य लक्ष्मी थापाको निर्माण रहेको सिनेमामा रोहीनी भट्टराई कार्यकारी निर्माता रहेकी छन् ।

शैली इन्टरटेनमेन्ट, मुभिज प्राली र शैली थ्रीयटरको व्यानरमा निर्मित सिनेमामा रमेश र सिपोराका अलावा सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई लगायतका कलाकारको अभिनय छ ।