‘रेस ३’सँग आएनन् नेपाली सिनेमा

‘रेस ३’सँग आएनन् नेपाली सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता बलिउड सुपरस्टार सलमान खानको सिनेमा ‘रेस ३’ नेपाली पर्दामा प्रदर्शन हुँदा, नेपाली सिनेमा पछाडी हटेका छन् ।

प्राय: बलिउडका ठुला सिनेमा रिलिज हुँदा नेपाली सिनेमाले सिनेमैदान खाली गरिदिन्छन । यसपटक ‘रेस’ ब्राण्ड, सलमान खानसँगै बलिउडका स्टारहरुले भरिपूर्ण सिनेमा रिलिज हुँदा नेपाली सिनेमाले जोखिम मोल्न सकेनन् । बरु ‘रेस ३’सँगै हलिउडको हरर सिनेमा ‘अ क्वाइट प्लेस’ रिलिज भएको छ । यो सिनेमा पनि ‘रेस ३’को चेपुवामा नराम्ररी फसेको छ । केहि मल्टीप्लेक्समा चलिरहेको ‘अ क्वाइट प्लेस’लाई अधिकाँस हलले चलाएका छैनन् ।

रेमो डिसुजा निर्देशित सिनेमा भारत र नेपालका अधिकाँस हलमा प्रदर्शन भैरहँदा समिक्षामा भने फेल खाएको छ । केहि एक्सन कोरियोग्राफी र छायाँकन बाहेक अन्य पक्षमा सिनेमा एकदमै कमजोर बनेको भारतीय समिक्षकले लेखेका छन् ।

सिनेमामा सलमानसँगै अनिल कपूर, बबी देवल, जाक्लिन फर्नान्डिज, डेजी शाह, सकिब सलीम, फ्रेड्डी दारुवाला लगायतका कलाकारको अभिनय छ । यो सन् २००८ को ‘रेस’ सिरिजको तेस्रो इन्स्टलमेन्ट हो ।