पर्दामा बुद्दि भर्सेस बुद्दि

पर्दामा बुद्दि भर्सेस बुद्दि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कमेडी टेलीसिरियल ‘मेरी बास्सै’बाट चर्चित बनेका कलाकार बुद्दि तामाङ (हैट) अभिनित दुई सिनेमा यो साता सार्वजनिक प्रदर्शनमा आएका छन् । यी दुई सिनेमाका चर्चित कलाकार भनेकै बुद्दि हुन् । अझै भन्नु पर्दा कलाकारको रुपमा बुद्दि नै दुई सिनेमाका खम्बा हुन् । चर्चा गरौँ ‘चङ्गा’ र ‘मट्टीमाला’को बारेमा ।

चङ्गा

टेलीसिरियल ‘नमस्ते डिठ्ठासाब’बाट ख्याति कमाएका किशोर भण्डारीले यो सिनेमाको निर्देशन गरेका हुन् । सामाजिक सन्दर्भसँगै कमेडीलाई मुख्य विषयबस्तु बनाएको सिनेमा देशभरका सिंगल स्क्रिन्समा प्रदर्शनरत छ । भने, मल्टीप्लेक्समा यसले केहि शोज पाएको छ ।

सिनेमामा बुद्दिका अलावा मलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय छ ।
हाँस्यकलाकार रेश्मा तिमिल्सिनाले निर्माण गरेको सिनेमामा राजनराज सिवाकोटी/कमल खत्रीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ ।

मट्टीमाला

यो सिनेमामा बुद्दिसँगै ‘मेरी बास्सैकी कलाकार रजनी गुरुङ (मंगली)को मुख्य भूमिका छ । यो जोडी ‘मेरी बास्सै’बाट लोकप्रिय भएको थियो । सिनेमामा पृथ्वी राई, शिशिर राणा, चिरन राई, शंघ्या श्रेष्ठ, अरुणा कार्की, अर्जुन गुरुङ, बिनोद राई, बिक्रम लामा लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा अभिनेत्री प्रियंका कार्कीले एउटा आइटम पनि पस्केकी छन् ।

टेके पौरखी राईको लेखन/निर्देशन रहेको सिनेमामा कविराज गहतराज/राजेश पुमा/दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी, राजेन्द्र चौधरीको एक्सन र राहुल राईको छायाँकन छ ।