तीन सिनेमा रिलिज, कुन हेर्ने ?

तीन सिनेमा रिलिज, कुन हेर्ने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता तीन नेपाली सिनेमा प्रदर्शनमा आएका छन् | ‘अमेरिका बोइज’, ‘हरि’ र ‘बेबी आइ लभ यु’ यो साताका नेपाली फ्रेस प्रतिस्पर्धी हुन् | यी तीन सिनेमामा ‘अमेरिका बोइज’ले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ |

अमेरिका बोइज

वैदेशिक रोजगारको विषयलाई कमेडीमा प्रस्तुत गरेको सिनेमालाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सिनेमामा सुनिल थापा, अर्पण थापा, अभय बराल, आशिष प्रशाई, सन्दीप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरसिया, सृष्टि कार्की, सरद गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवाष गजुरेल, उमा बानिया, राजु खरेल, मनिष राउत, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

बुड्डी इन्टरटेनमेन्ट र सीबर्ड पिक्चर्सको व्यानरमा सिनेमालाई प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलले निर्माण गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा समिर खरेल, सुरज उप्रेती र अनुप थापा रहेका छन् ।

बिबेक पाण्डेको कथा/पटकथा/संवाद लिखित ‘अमेरिका बोइज’मा निमेष श्रेष्ठको सम्पादन, दीपक आरजे/जयन जे वाइवाको संगीत, सुनिल क्षेत्री/नेपाली ठिठोजको कोरियोग्राफी र आलोक शुक्लाको डीओपी रहेको छ ।

हरि

सफल केसी र प्रतिक गुरुङको लेखन/निर्देशन रहेको सिनेमामा विपिन कार्की, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्याम्हो, लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश गंदर्भ, राम भजन कमत र सुनिता बजगाईंको अभिनय छ ।

सिनेमामा विपिन भिन्न भूमिकामा प्रस्तुत भएका छन् | केहि दिन अगाडी सम्पन्न प्रिमियरमा सिनेमाले मिस्रित प्रतिक्रिया पाउँदा विपिनको अभिनय भने रुचाइएको थियो |

‘हरि’मा अर्जुन कार्कीको सम्पादन, चिन्तनराज भण्डारीको छायाँकन, जसोन कुँवरको संगीत र योगेश्वर पौडेल/थक्पा तामाङ/माधव थापाको लगानी छ ।

बेबी आइ लभ यु

जनक पाण्डेको पटकथा/संवाद र निर्देशन रहेको सिनेमामा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ | यो कमेडी लभस्टोरी सिनेमा हो |

गीत र ट्रेलर रुचाइएको सिनेमाले सिंगल स्क्रिंसमा राम्रो व्यापार गर्न सक्ने अनुमान गरिएको छ |