शुक्रबारदेखि हलमा दुई सिनेमा प्रसाद र पाहुना

शुक्रबारदेखि हलमा दुई सिनेमा प्रसाद र पाहुना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारदेखि नेपाली बक्सअफिसमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । शुक्रबारबाट ‘प्रसाद’ र बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली सिनेमा ‘पाहुना’ले मल्टीप्लेक्स देखि सिंगल हलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै केहि सिंगल हलमा केही वर्ष पहिले निर्माण भएको सिनेमा ‘झिल्के’पनि प्रदर्शनमा आएको छ ।

प्रतिक्षित सिनेमा ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । भने, कथा सुशील पौडेलले लेखेका हुन् । निःसन्तान दम्पतिको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गरिएको सिनेमामा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतले मुख्य भूमिका रहेको छ ।

गीत, संगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमाले नेपाली बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । अग्रिम बुकिङमा देखिएको क्रेज र प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले सिनेमाको इनिसियल व्यापार राम्रो हुने संकेत देखिएको छ । प्रसादले मल्टीप्लेक्समा सर्वाधिक शोजका साथ प्रदर्शन भैरहेको छ ।

यता बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली भाषामा निर्माण गरेको गरेको पाहुना पनि यही शुक्रबारदेखि नेपाली सिनेमा हलमा रिलिज भएको हो । मल्टीप्लेक्स लक्षित सिनेमाले बालमनोविज्ञानलाई आत्मसाथ गरेको छ ।

पाखी ए टायरबाला निर्देशित सिनेमामा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, बिनोद प्रधान, उत्तम प्रधान, बिनिता लागुनलगायतका कलाकारको अभिनय रहेको छ ।