शुक्रबारदेखि हलमा तीन सिनेमा ‘चंङ्गा चेट’, ‘मालीका’ र ‘बियोन्ड द क्लाउड्स’

शुक्रबारदेखि हलमा तीन सिनेमा ‘चंङ्गा चेट’, ‘मालीका’ र ‘बियोन्ड द क्लाउड्स’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबारदेखि तीन नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । दिपेन्द्र के खनाल निर्देशीत ‘चंङ्गा चेट’, अभिनेत्री रेखा थापा निर्देशीत ‘मालीका’ र अस्कर अवार्ड मनोनित नेपाली सिनेमा ‘क्याराभान’ निर्देशक एरिक भ्यालीको ‘बियोन्ड द क्लाउड्स’ले आफ्नो प्रदर्शनको सुरुवात गरेका हुन् ।

माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर निर्माण गरेको सिनेमा ‘चंङ्गा चेट’मा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, संदीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, पुष्कर गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत रिलिज अगावै हिट भएकोले पनि निर्माण टिम सिनेमाले राम्रो व्यापार गर्नेमा आशावादी छ ।

यस्तै अभिनेत्री रेखा थापाले नर कार्कीसँग मिलेर निर्माण गरेको सिनेमा’ मालिका’मा अभिनेत्री रेखा थापाका अलवा जाजरकोटकी चौथ वर्षिय कमला वलीको मुख्य भुमिका रहेको छ । महिला हिंसा र बाल विवाहको कथा वस्तुको विषयलाई उठान गरिएको सिनेमाले प्रदर्शन अगावै गरिएको च्यारिटी शोहरुबाट निकै तारिफ पाएकाले पनि सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई रहेको छ ।

योसँगै विना प्रचार प्रचार अस्कर मनोनित नेपाली सिनेमा ‘क्याराभान’ निर्देशक एरिक भ्यालीले निर्माण गरेको नयाँ सिनेमा ‘बियोन्ड द क्लाउड्स’ पनि प्रदर्शनमा आएको छ ।