आजबाट सुशील र वर्षाको ‘कारखाना’

आजबाट सुशील र वर्षाको ‘कारखाना’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ  फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार एक मात्र  नेपाली सिनेमा प्रदर्शनमा आएको छ ।

प्रत्येक साता दुई भन्दा धेरै नेपाली सिनेमा प्रदर्शन भैरहेको अवस्थामा कारखानाले सोलो रिलिजको मौका पाउनुलाई एक फाईदाका रुपमा हेर्न सकिन्छ । तर, यो फाईदालाई कारखानाले कसरि आत्मसात गर्छ ? त्यो त केहि दिनमै थाहा हुनेछ ।

कारखानापछिल्लो समयमा राम्रो प्रचार-प्रसार गरेर मैदानमा उत्रिएको सिनेमा हो । त्यसैले कारखानाले कस्तो व्यापार गर्ने हो कौतुहलता विषय बनेको छ । यो सिनेमा देशभरका ८० बढी हलबाट प्रदर्शनमा आएको छ ।

सुशील श्रेष्ठ, वर्षा सिवाकोटी, मौसमी मल्लनविन लम्साल, जेविका कार्की, विकास उप्रेती अभिनित सिनेमाले प्रेमका लागि घर छोडेकी युवतीको संघर्षलाई प्रस्तुत गरेको छ 

सिनेमामा दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाको संयुक्त पटकथा समावेश छ । कारखानामा अनिल शाही, हर्कुलस बस्नेत र कल्याण सिंहको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अनन्त घिमिरेको सम्पादन छ । सिनेमालाई सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन् ।