हरितालिका तीजमा चार सिनेमा रिलिज

हरितालिका तीजमा चार सिनेमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो वर्षको हरितालिका तीजको अवसर पारेर चार नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । यो साताका लागि ‘देश खोज्दै जादाँ’, ‘धूम २’, ‘हामी शरणार्थी’ र ‘स्काउट’ फ्रेस रिलिज हुन् ।

प्रकाश आङदेम्बे निर्देशित ‘देश खोज्दै जाँदा’ र विजय लिम्बु केरुङ निर्देशित ‘हामी शरणार्थी’ एकै विषयबस्तुमा निर्माण भएका सिनेमा हुन् । नेपाली भाषी भुटानी शरणार्थीको कथामा तयार भएका दुई सिनेमाको प्रस्तुतीकरण भने भिन्न छ ।

कमर्सियल मेकिंगबाट तयार गरिएको ‘हामी शरणार्थी’मा शिल्पा पोखरेल, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ । त्यस्तै विदेशका बिभिन्न फेस्टिभलमा भाग लिईसकेको ‘देश खोज्दै जाँदा’मा बाबु बोगटी,  हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरीता वली, तिब्ब्त राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायत कलाकारको अभिनय रहेको छ ।

कमेडी जनरामा निर्मित ‘धूम २’ सिमित प्रचारका साथ प्रदर्शनमा आएको सिनेमा हो । सिनेमामा जयकिशन बस्नेतको कथा, निर्देशन सँगै लगानी पनि रहेको छ ।सिनेमाका मुख्य कलाकार पनि जयकिशन बस्नेतनै हुन् ।

त्यस्तै गोविन्द गौतम निर्देशित ‘स्काउट’ प्रचार-प्रसार नगरेरै प्रदर्शनमा आएको सिनेमा हो । दर्शकलाई सरप्राइज दिदै प्रदर्शनमा आएको यो सिनेमामा गरिमा पन्त, नवराज श्रेष्ठ, रक्षा श्रेष्ठ लागायतका कलाकारको अभिनय छ ।