तारिफयोग्य ‘संरक्षण’ प्रदर्शनमा !

तारिफयोग्य ‘संरक्षण’ प्रदर्शनमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पूर्णेन्दु झा निर्देशित सिनेमा ‘संरक्षण’ आजबाट प्रदर्शनमा आएको छ । यो साताका लागि ‘संरक्षण’ एकल नेपाली रिलिज हो । सिनेमा देशभर ८० बढी पर्दामा प्रदर्शन भैरहेको छ ।

राजनितिको विषय उठाएको सिनेमाले तराईको पृष्ठभूमिबाट कथा वाचन गरेको छ । रिलिज अगाडी सिनेमाले चितवनमा प्रिमियर शो सम्पन्न गरेको थियो । जहाँ सिनेमाले तारिफ बटुल्न सफल भयो । साथै शुक्रबार राजधानीमा गरिएको प्रेस शोबाट पनि सिनेमाले वाहवाही बटुल्यो ।

सिनेमाको कथाबस्तु, पटकथा, कलाकारको अभिनय र छायाँकन पक्ष बलिया रहेको सिनेमामा सौगात मल्ल, निखिल उप्रेती, प्रमोद अग्रहरी, मलिना जोशी, निर शाह, अशिष्मा नकर्मी, कामेश्वर चौरसिया, रमेश रंजन झा, रमेश बुढाथोकी लगायतका कलाकारको मुख्य भूमिका छ ।

नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको लगानी रहेको सिनेमामा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र हिमाल केसीको द्धन्द्ध निर्देशन छ ।