फ्राइडे रिलिजमा ‘रुद्र’ र ‘प्रेमगीत २’ !

फ्राइडे रिलिजमा ‘रुद्र’ र ‘प्रेमगीत २’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो साता जनैपुर्णिमा र नाग पंचमीको अवसरमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । रामशरण पाठक निर्देशित ‘प्रेमगीत २’ र रामजी लामिछाने निर्देशित ‘रुद्र’ यो साताका प्रतिस्प्रधी हुन् । भने, ‘म यस्तो गीत गाउँछु’ले सफलताको तेस्रो साता तय गरेको छ ।

छोटो चर्चा गरौ यो साताका फ्रेस रिलिजको:-

रुद्र: यो सिनेमामा एक्सन स्टार निखिल उप्रेती पहिलो पटक भिलेनको भूमिकामा देखा परेका छन् । निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो सिनेमामा विश्व शर्मा र साराले डेब्यु गरेका छन् । सौरभ लामाको छायांकन, दिनेश सोनाम र निखिलको संगीत, हिमाल केसीको एक्सन, वनिश शाहको सम्पादन रहेको सिनेमामा रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको पनि अभिनय छ ।

प्रेमगीत २: दुई वर्ष अगाडीको हिट सिनेमा ‘प्रेमगीत’को यो सिक्वेलमा प्रदिप खड्काको मुख्य भूमिका छ । भने, अश्लेशा ठकुरीलाई नव-प्रस्तुतिको रुपमा देख्न सकिन्छ । आशुसेन फिल्मसको व्यानरमा निर्मित यो लभस्टोरी जनरामा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको अभिनय छ । सन्तोष सेनको निर्माण रहेको यो सिनेमामा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।

‘म यस्तो गीत गाउँछु’ तेस्रो सातामा: असार ३० गते प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ले प्रदर्शनको तेस्रो साता तय गरेको छ । पल शाह र पुजा शर्मा अभिनित सिनेमा यो वर्षको सर्वाधिक कलेक्सन गर्ने सिनेमाको शिर्ष स्थानमा छ । तेस्रो सातासम्म आई पुग्दा पनि यो सिनेमाका दर्शक घटेका छैनन् ।