शुक्रबारदेखि हलमा ‘नाई नभन्नू ल ५’ र ‘रेनी’

शुक्रबारदेखि हलमा ‘नाई नभन्नू ल ५’ र ‘रेनी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबार देखि दुई नेपाली सिनेमाले आफ्नो प्रर्दशनको सुरुवात गरेका छन् । यि दुई सिनेमा हुन् अब्बल ब्राण्डको रुपमा स्थापीत नाई नभन्नू ल ५ र नयाँ निर्माताले निर्माण गरेको सिनेमा रेनी । गीत संगीत र ट्रेलरका कारण प्रतिक्षीत बनेको नाई नभन्नू ल ५ लाई निर्देशक विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

बाल कलाकार अनुभव रेग्मी र अभिनेत्री प्रियंका कार्कीको चौथो पटकको निरन्तरतासँगै निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्कालगायत केही कलाकार पहिलो पटक यो चर्चित फ्रेन्चाइजको सदस्य बनेका छन् । ‘नाइँ नभन्नू ल–५’ बाट यसपटक बाल कलाकारमा सेड्रिना शर्मा र नव-नायकमा अभिषेक नेपालले डेब्यू गरेका छन् ।

सिनेमामा यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ । वान टाइम सिनेमाको ब्यानरमा बनेको सिनेमाको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् । उक्त सिनेमालाई निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले मिलेर लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

यस्तै, लभस्टोरी जनराको फिल्म ‘रेनी’ लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको यस सिनेमामा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल लगायतका कलाकारले अभिनय गरेका छन् ।