कुन हेर्ने ‘पन्चेबाजा’ या ‘साढे ७’ ?

कुन हेर्ने ‘पन्चेबाजा’ या ‘साढे ७’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता दुई नेपाली सिनेमामा प्रदर्शनमा आएका छन् । साम्तेन भुटिया निर्देशित ‘साढे ७’ र घनश्याम लामिछाने निर्देशित ‘पन्चेबाजा’ यो साताका फ्रेस रिलिज हुन् । चर्चा गरौ यी सिनेमाको बारेमा…

पन्चेबाजा: सौगात मल्ल, कर्मा, बुद्दी तामाङ, सिर्जना सुब्बा र जस्मिन श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमाले एक गाउँका तिन पात्रको प्रेमकथालाई उठाएको छ । शुक्रबार राजधानीमा गरिएको ‘प्रेस सो’बाट सिनेमाले राम्रो प्रतिक्रिया पाउन सफल भयो । सिनेमा हेरेका अधिकाँस पत्रकारले सिनेमाले कथा र स्क्रिप्ट मन पराए । प्राय: पत्रकारको एउटै प्रतिक्रिया थियो ‘लामो समय पछी राम्रो सिनेमा हेर्न पाईयो’

न्यु भेनस फिल्मको व्यानरमा राजेश शाही निर्मित सिनेमामा माथि उल्लेखित कलाकारका अलावा प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतको पनि अभिनय छ ।

‘पन्चेबाजा’मा कालीप्रसाद बाँस्कोटा/विकास चौधरीको संगीत, प्रदीप भारद्वाजको स्क्रिप्ट, हरि घले लामाको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।

साढे ७: गायक सत्यराज आचार्यको मुख्य भूमिका रहेको सिनेमामा नाकाबन्दीको बेला एक फोटो पत्रकारले भोग्नु परेको पिडालाई देखाईएको छ । बुधबार सम्पन्न प्रिमियरबाट ‘साढे ७’ले मिश्रीत प्रतिक्रिया बटुलेको थियो । सिनेमामा सत्यराजका अलावा मेनुका प्रधान, सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल लगायतको अभिनय छ ।

सत्यस्वरूप इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गायक स्वरूपराज आचार्यसँगै सत्यराजको पनि लगानी रहेको छ ।