हलमा ‘रुद्रप्रिया’ र ‘रानी’

हलमा ‘रुद्रप्रिया’ र ‘रानी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज लक्ष्मीपूजाको दिन देखि दुई नेपाली सिनेमाले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । दुई ठुलो चाड तिहार र छटलाई लक्षित गरी दुई सिनेमा ‘रुद्रप्रिया’ र ‘रानी’ले आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् ।

रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको सिनेमा ‘रुद्रप्रिया’लाई सुदीप बबी भुपाल सिंहले निर्देशन गरेका हुन् । करिव ८ वर्ष पछि पुन : पर्दामा संगै काम गरेको यो जोडी एक  समयको हिट जोडीको रुममा कहलिन्थियो । ‘रेखा फिल्मस्’को व्यानरमा निर्माण भएको सिनेमामा रमेश एम के पौडेलको लगानीमा रहेको छ । सिनेमामा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत समावेश गरिएको छ । सञ्जय लामाले खिचेको सिनेमामा रेखा र आर्यनका अलावा राजन इशानको पनि मुख्य भूमिका रहेको छ।

त्यस्तै अर्का पुराना निर्देशक दायाराम दाहाल निर्देशित सिनेमा ‘रानी’ पनि आजै देखि प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारीत रहेको सिनेमामा मलिना जोशी, अनुप विक्रम शाही र दुई नव कलाकार सारुक ताम्राका र मनिष सुन्दर श्रेपष्ठको मुख्य भूमिका रहेको छ । सिनेमाका निर्माता बिमलमान गुभाजु हुन् ।