‘कृ’मा अनमोलको भिन्न अवतार, हेर्नुहोस् फस्टलुक !

‘कृ’मा अनमोलको भिन्न अवतार, हेर्नुहोस् फस्टलुक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । वर्षकै बहुप्रतिक्षित सिनेमा ‘कृ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता अनमोल केसीको प्रतिक्षित लुक्सलाई प्रथामिकता दिईएको छ ।

पोस्टरमा अनमोललाई पहिले भन्दा भिन्न अवतारमा प्रस्तुत गरिएको छ । अनमोल एन्ग्री एक्सन लुक्समा पोस्टरमा छाएका छन् । जुन अवतारले दर्शकमा पक्कै पनि कौतुहलता सिर्जना गर्नेछ । यो सिनेमा कार्तिक ३ गते रिलिज हुदैछ ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो सिनेमा तयार भएको हो । सिनेमामा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

सिनेमामा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । सिनेमामा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद छ ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको सिनेमामा कमल गिरी कार्यकारी निर्माता छन् भने श्री पराजुली सह-निर्माताको रुपमा रहेका छन् ।
यो सिनेमालाई ओभरसिजमा हाइलाइट्स नेपालले वितरण गर्नेछ भने काठमाण्डौ बाहिर मनोज राठीको बैंक्कतेस्ट इन्टरटेन्मेन्टले वितरण गर्नेछ । काठमाण्डौमा भने सुवास इन्टरटेन्मेन्टले नै सिनेमाको वितरण गर्नेछ ।

सिनेमाको बजेट साढे २ करोड माथि रहेको निर्माता सुवास गिरीले बताएका छन् । उनले भने-‘यसपटक अनमोलका फ्यानका लागि ‘कृ’ एउटा सरप्राइज सिनेमाको रुपमा रहने पक्का छ । हामीले हरेक दृश्यमा निकै मिहिनेत गरेका छौ । जुन, पर्दामा दर्शकले देख्न पाउनुहुनेछ ।