बिग सिनेमाको दुई नम्बर हलमा आगलागी !

बिग सिनेमाको दुई नम्बर हलमा आगलागी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । राजधानीको बिग सिनेमा घरमा आगलागी भएको छ । कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौ तलामा रहेको बिग सिनेमाको २ नम्बर हलमा विजुलीको तार सट भएर आगलागी भएको हो ।

यद्यपी अहिले आगो नियन्त्रणमा आइसकेको प्रहरी बृत्त कमलपोखरीका असई राजेन्द्र कुमालले जानकारी दिएका छन् । सिनेमा प्रदर्शन भैरहेका बेला भएको आगलागीमा मानवीय क्षति हुन् पाएको छैन । तर, हलमा कति क्षति भयो भन्ने तथ्यांक आईसकेको छैन ।आगलागी पछी बिगमा सिनेमा प्रदर्शनमा रोक लगाइएको छ ।