पत्रकार धम्क्याउने सुस्मितालाई चलचित्र पत्रकार संघद्वारा वहिष्कार गर्ने चेतावनी !

पत्रकार धम्क्याउने सुस्मितालाई चलचित्र पत्रकार संघद्वारा वहिष्कार गर्ने चेतावनी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिने पत्रकार उत्सब रसाईली (रमाइलो छ) र स्वस्तिका चिलुवाल (फिल्मीजूम)लाई सामजिक संजाल र टेलिफोनबाट गालीगलौज गर्दै कुटपिट गर्ने धम्की दिएकी अभिनेत्री/निर्मात्री सुस्मिता केसी प्रति चलचित्र पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सुस्मिता केसीलाई पत्रकार संघले तिन दिन भित्र लिखित स्पष्टीकरणको माँग गरेको छ । यदि तोकिएको समय भित्र स्पष्टीकरण नदिएमा सुस्मिता केसीलाई चलचित्र पत्रकार संघले वहिस्कार गर्ने समेत चेतावनी दिएको छ । विगतका केहि दिन देखि भुवन केसी पुर्व पत्नीले सामाजिक संजालमा सिने पत्रकार र सिनेमा क्षेत्रलाई वदनाम गर्ने नियतले एक तर्फी रुपमा अपशब्द प्रयोग गरि स्टाटस लेख्दै आईरहेकी छन् ।

मंगलबार सुस्मिताले सिने पत्रकार स्वस्तिका चिलुवाललाई पागल पत्रकार भनि फेसबुकमा नानाथरी गालीगलौज गरिन ।

साथै, उत्सब रसाईलीलाई लैंगिक र जातीय हिँसा हुने गरि फेसबुकमा स्टाटस लेखिन । अहिले सुस्मिताले उक्त स्टाटस हटाईसकेकी छन् ।

लगतै उत्सबले सुस्मितालाई ध्यानाकर्षण गर्दै स्टाटस लेखे।

यो स्टाटस पछी सुस्मिताले फोनबाट उत्सबलाई आधा घण्टामै ‘रमाइलो छ‘ अफिस आएर बाबुको विहे देखाइदिने धम्की दिएकी थिइन् ।

यस्तो छ फोनवार्ता:-

उत्सव : हेलो…
सुस्मिता : हेलो…
उत्सव : हजुर हजुर
सुस्मिता : को उत्सव हो ? 
उत्सव : अँ उत्सव
सुस्मिता : ओइ गधा त कहाँ भन त ? म आउँदैछु । 
उत्सव : म स्टार मलमा छु दिदी, भन्नुन । 
सुस्मिता : म आउँदैछु । तलाई तेरो बाउको बिहे नदेखाई म छाड्दिन । 
उत्सव : हुन्छ । कति बजे आउनुहुन्छ ?
सुस्मिता : तँ पर्खी राख, त्यहाँ मलाई । 
उत्सव : कति बजे आउनुहुन्छ ? 
सुस्मिता : कति बजे होइन म आधा घन्टामा आउँछु । तँ मलाई पर्खी राख । 
उत्सव : ए, ल ल ल । 
सुस्मिता : तैले अत्ति न्यूहुँ खोजिस् तेरो म आज देखाउँछु । तलाई पख । 
उत्सव : ए, ल न त ल आउनुस् । 
सुस्मिता : भागिस् भने….
उत्सवः कतिबजे आउनुहुन्छ । 
(फोन सम्पर्क विच्छेद भयो)
अहिले सुम्पूर्ण सिने कलाकार र सिने पत्रकार वर्तमान समयमा पनि जातीय र लैंगिक विभेद गरेर कलाकारिता र पत्रकारिता वदनाम भएको भन्दै सुस्मिता केसीको विपक्षमा उत्रिएका छन् ।
यस्तो छ । चलचित्र पत्रकार संघ नेपालको प्रेसबिज्ञप्ति:-