द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा सम्वन्धि समाचार प्रकाशित गर्दै आइरहेको ‘द सिनेमा टाइम्स’ अनलाइन पत्रिकाले ‘विश्वकप फुटबल विशेष सामाग्री’ अन्तर्गत ३२ नेपाली सिनेकर्मीको कसको समर्थन कुन टिमलाई ? शिर्षकमा समाचार प्रकाशित गरिसकेको छ ।
विश्वको लोकप्रिय खेल फुटबल, त्यसैमा विश्वकै सबैभन्दा ठुलो मेला ‘विश्वकप फुटबल’लाई मध्येनजर गर्दै अर्को सामाग्री तयार गरेका छौँ । यो सामाग्रीमा नेपाली सिनेमाको बारेमा कलम चलाउँदै आइरहेका पत्रकारहरुको मन पर्ने टिम र खेलाडीको बारेमा जानकारी दिने जमर्को गरेका छौँ ।
विशेषत: यो विश्वकप फुटबलसँगै नेपाली सिनेकर्मी र सिनेपत्रकारविचको आत्मियता बढाउनलाई गरिएको हो । यो र अघिल्लो प्रकाशित सामग्रीबाट दुवै पक्षलाई आफ्नोसँगै अरुको समर्थन टिम र खेलाडीको बारेमा थाहा पाउन सहज हुनेछ । जसले गर्दा यी दुईविच जेठ ३१ देखि सुरु हुने २१ औँ रसिया विश्वकप फुटबल रोमान्चक बन्ने आशा लिएका छौँ ।
विश्वकपमा ३२ टिमको सहभागिता रहेका कारण हामीले ३२ जना सिनेपत्रकारलाई यो सर्वेक्षण समेटेका थियौँ । जस मध्ये टिमको समर्थकमा सबै भन्दा धेरै ब्राजिलका भेटिएका छन् । ब्राजिलको समर्थक ४७ प्रतिशत भेटीए । त्यस्तै अर्जेन्टिनाका २८, जर्मनीका ९ र कोरिया रिपब्लिकका ६ प्रतिशत समर्थक भेटीए । एक भन्दा धेरै टिमको समर्थनमा ३ प्रतिशत मात्र हुँदा अन्य टिमको नाम ९ प्रतिशतले लिए ।
त्यस्तै मन पर्ने खेलाडीमा ३७ प्रतिशतले ब्राजिलियन फरवार्ड नेयमारको नाम लिए । अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनल मेस्सीको नाम २७ प्रतिशतले लिँदा पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाम ३ प्रतिशतले लिए । सर्वेक्षणमा एक भन्दा बढी खेलाडीको नाम १० प्रतिशत लिए भने २३ प्रतिशतले अन्य खेलाडीलाई आफ्नो रोजाइमा पारे ।
अशेष अधिकारी (सेतोपाटी)
टिम: ब्राजिल
खेलाडी: नेयमार
अनिल यादव (शुक्रबार)
टिम: ब्राजिल
खेलाडी: नेयमार
अनुप भट्टराई (न्युजफिल्मी)
टिम: जर्मनी
खेलाडी: नियोर
विजय आवाज (अनलाइन खबर)
टिम: ब्राजिल
खेलाडी: नेयमार (मेस्सी पनि मन पर्छ)
बिष्णु शर्मा (मुभीमान्डू)
टिम: ब्राजिल
खेलाडी: नेयमार र फिलिप कौटिन्हो
बर्षा बस्नेत (सिनेपाटी)
टिम: ब्राजिल
खेलाडी: नेयमार
बाबु सुरेश डिसी (एपी १ टिभी)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
बैकुण्ठराज पराजुली (फिल्मीनेपाल)
टिम: ब्राजिल, स्पेन, फ्रान्स, पोर्चुगल र बेल्जियम
खेलाडी: रोनाल्डो, नेयमार र ग्रिजमेन
दीपेन्द्र लामा (फिल्म पत्रिका)
टिम: कोरिया रिपब्लिक
खेलाडी: इंग्ल्याण्डका ह्यारी केन
डीबी खड्का (नेपाल लाइभ)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
जीवन पराजुली (ठुलोपर्दा)
टिम:ब्राजिल
खेलाडी: नेयमार
गोकर्ण गौतम (नेपाल म्यागेजिन)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
नेमिष गौतम (नागरिक)
टिम: ब्राजिल
प्रदीप कार्की (फिल्मीन्युज)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
प्रकाश ढुंगाना (सेतोपाटी)
टिम: स्पेन
खेलाडी: रामोस
मनिष अन्जान (फिल्मीखबर)
टिम: ब्राजिल
खेलाडी: नेयमार
रीना मोक्तान (पहिलो पोस्ट)
टिम: ब्राजिल
खेलाडी: नेयमार
लक्ष्मण सुवेदी (नयाँ पत्रिका)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
कृष्ण भट्टराई (साप्ताहिक)
टिम: ब्राजिल (अर्जेन्टिना र मेस्सी पनि मन पर्छन)
खेलाडी: नेयमार
कुबेर डंगोल (कलिउड हँगामा)
टिम: कोरिया रिपब्लिक (नेपालले विश्वकप नखेलेपनि आफ्नै महादेशको टिमलाई समर्थन छ)
खेलाडी: सोन हेङ मिन
सुशील पौडेल (कान्तिपुर)
टिम: ब्राजिल
खेलाडी: नेयमार
शान्ति प्रिय (फिल्मीखबर साप्ताहिक)
टिम: म सामान्य फुटबलप्रेमी भएकाले कुनै पनि टिम को सुरुदेखि अन्त्यसम्म समर्थक रहदीन । जुनसुकै खेलमा दुई टिम मध्ये राम्रो टिमको समर्थनमा हुन्छु ।
स्वेच्छा राउत (पहिलो पोस्ट)
टिम: इंग्ल्याण्ड
खेलाडी: जेसे लिङ्गार्ड
समीर बलामी (फिल्मी फण्डा)
टिम: ब्राजिल
खेलाडी: थियागो सिल्भा
सचित खड्का (अरनिको टिभी)
टिम: जर्मनी
खेलाडी: क्रिस्टियानो रोनाल्डो
सारदा थापा (एबिसी टिभी)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
सन्दीप सापकोटा (सिनेखबर)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी, डी मारिया, अगुइरो, फ़जिओ र रोजो
सामिप्यराज तिमिल्सिना (नागरिक)
टिम:अर्जेन्टिना
खेलाडी: मेस्सी
सुरज खड्का (एभिन्युज टिभी)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
सन्तोष कुमार थापा (कोरीबाटी)
टिम: जर्मनी
खेलाडी: ओजिल
आरके सुवेदी (बक्सअफिस साप्ताहिक)
टिम: ब्राजिल
खेलाडी: नेयमार
उत्सब रसाइली (रमाइलो छ)
टिम: ब्राजिल
खेलाडी: नेयमार
प्रतिक्रिया