ह्याकरको फन्दामा निर्माता सुनिलकुमार थापा र रोज राणा !

ह्याकरको फन्दामा निर्माता सुनिलकुमार थापा र रोज राणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाका सेलेब्रेटीहरुलाई बेला-बखत फेसबुक ह्याकरहरुले सताउने गरेका छन् । फेसबुक ह्याक हुँदा सम्वन्धित व्यक्ति मात्र नभई आफ्ना नजिकका सर्कल र आम सुभचिन्तकमा नकारात्मक संदेश प्रवाह हुन् सक्छ ।

यस्तै केहि दिन अगाडी देखि सिनेमा क्षेत्रका दुई सेलेब्सको फेसबुक ह्याक हुँदा उनीहरु तनावमा परेका छन् । निर्माता सुनिलकुमार थापा र निर्देशक/निर्माता तथा अभिनेता रोज राणा ह्याकरको फन्दामा परेका हुन् । दुई-तिन दिन देखि फेसबुक ह्याक हुँदा तनावमा रहेको पिडा यी दुई सेलेब्सले द सिनेमा टाइम्ससँग सुनाए ।

व्यक्तिगत कुरा लुकाएर राख्न सकिने भण्डारको साँचो नै अरुले चोरेपछी आमलाई तनाव त भइ न हाल्छनै । साथै, ह्याकरले नेपालमा सेलेब्सलाई बढी सताउने गरेका छन् । यसअघि अभिनेत्री पूजा शर्मा, अशिष्मा नकर्मी, अभिनेता सविन श्रेष्ठ, नाजिर हुसेन लगायत थुप्रै सेलेब्सका फेसबुक ह्याक भैसकेका छन् । सम्वन्धित निकायले ध्यान नदिँदा नेपालमा सेलेब्स साईबर क्राइमको फन्दामा मुछिदै आइरहेका छन् ।