Exclusive: अनमोल अब ‘क्याप्टेन’ बन्ने !

Exclusive: अनमोल अब ‘क्याप्टेन’ बन्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी अहिलेका सर्वाधिक रुचाईएका अभिनेता हुन् । लगातार हिट सिनेमा दिईरहेका अनमोललाई पर्दामा हेर्न नपाईएको लामो समय भैसकेको छ । र, यो इच्छ्या पुरा माघ २६ मा रिलिज हुने ‘कृ’ले गर्नेछ ।

तस्विर: अनमोलको फेसबुकबाट

यसैबीच अनमोलका फ्यानका लागि एक्सक्लुसिभ न्युज रहेको छ । यी युवास्टार नयाँ सिनेमामा अनुबन्धित भएका छन् । दिवाकर भट्टराईले निर्देशन गर्ने नयाँ सिनेमा ‘क्याप्टेन’मा अनमोलले अभिनय गर्नेछन्  । दिवाकरले यसअघि ठुलो क्यानभासको ‘ऐश्वर्य’ निर्देशन गरेर तारिफ बटुलेका थिए ।

सिनेमा फागुन पहिलो साताबाट छायाँकन जानेछ । काजल फिल्मसको व्यानरमा  भुवन केसीले निर्माण गर्ने सिनेमामा सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट रहनेछ । ‘क्याप्टेन’लाई अर्को वर्षको तीजमा रिलिज गरिने लक्ष्य रहेको जानकारी प्राप्त भएको छ । स्मरण रहोस, दिवाकरले अनमोल अभिनित ‘ड्रिम्स’मा सहनिर्देशनको काम सम्हालेका थिए ।