हङकङमा ‘एभरेष्ट इन्टरनेश्नल फिल्म अवार्ड’ हुने !

हङकङमा ‘एभरेष्ट इन्टरनेश्नल फिल्म अवार्ड’ हुने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हङकङमा ‘एभरेष्ट इन्टरनेश्नल फिल्म अवार्ड’ हुने भएको छ । सन २०१९ को जुनमा आयोजना हुने अवार्ड समारोहलाई एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडले आयोजना गर्न लागेको छ । २१ विधा समावेश गरिएको अवार्ड कार्यक्रममा पपुलर अवार्ड प्रदान गर्ने आयोजकले जनाएको छ ।

सन् २०१८ मा रिलिज भएका नेपाली सिनेमाहरुले यो अवार्डमा सहभागीता जनाउन सक्नेछन् । हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्ड आयोजना हुने आयोजकले आज हङकङमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछ ।

अवार्डको नेपाल संयोजन भने संगिक्षा फिल्म्सका संयोजक मनोज केसीले गर्नेछन् । यो अवार्डमा सिनेमा क्षेत्रमा विशेष योगदान पुर्याएका एक सिनेमाकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।
निम्न २१ विधामा अवार्ड प्रधान गरिने छ :-
पपुलर सिनेमा
पपुलर नायक
पपुलर नायिका
पपुलर निर्देशक
पपुलर जुरी अवार्ड
पपुलर हाँस्य कलाकार
पपुलर खलनायक
पपुलर नव–नायक
पपुलर नव–नायिका
पपुलर छायांकार
पपुलर लेखक
पपुलर सह-अभिनेता
पपुलर सह-अभिनेत्री
पपुलर संगीतकार
पपुलर गायक
पपुलर गायिका
पपुलर गितकार
पपुलर चरित्र अभिनेता
पपुलर चरित्र अभिनेत्री