इण्डक्ल्यापसँगै ‘बादशाह जुट’को रिलिज डेट घोषणा (फोटो फिचर )

इण्डक्ल्यापसँगै ‘बादशाह जुट’को रिलिज डेट घोषणा (फोटो फिचर )

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सिनेमा ‘बादशाह जुट’को इण्डक्ल्याप गरिएको छ । सोमबार ललितपुरको श्रीकाली चौरमा ‘बादशाह जुट’मा समावेश लोक फ्लेवरको गीतको छायांकनसँगै सिनेमाको इण्डक्ल्याप गरिएको छ । निर्देशक जोनी सिंह राणाका अनुसार वैशाख १० गतेबाट छायांकन सुरु गरिएको सिनेमाको एक गीतलाई छोडेर आज बाँकी काम पुरा भएको बताए । सिनेमाको छायांकन सुरु भएको लामो समय भएता पनि छायांकनका लागी ५० देखि ६० दिन मात्रै क्यामेरा अन गरिएको उनको भनाई रहेको छ ।

सिनेकाको इण्डक्ल्यापसँगै रिलिज डेट पनि फाइनल गरिएको छ । अब यो सिनेमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट अल नेपाल रिलिज हुने निर्माण युनिटको भनाई छ । सिनेमाका निमार्ता भोजराज श्रेष्ठले दुई राजाको कथामा निमार्ण भएको ‘बादशाह जुट’को छायांकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको भन्दै सिनेमा एकदमै राम्रो बन्ने विश्वास व्यक्त गरे ।

‘बादशाह जुट’मा सुशिल श्रेष्ठ, आमिर गौतम,रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भुमिका रहेको सिनेमामा चर्चित नायिका प्रियंका कार्की विषेश भुमिका रहेको छ । एच एण्ड बि फिल्मस् प्रा.ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको सिनेमामा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज,विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

तस्वीर : विवेक बस्याल