एकादेशमा सर्ट फिल्म फेस्टिभल: ओपनिङमा रोशनको ‘सिल्भर ब्यांगल्स’ !

एकादेशमा सर्ट फिल्म फेस्टिभल: ओपनिङमा रोशनको ‘सिल्भर ब्यांगल्स’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नोभेम्बर १६ बाट १९ तारिखसम्म काठमाडौँको कुमारी हलमा ‘एकादेशमा फिल्म फेस्टिभल – २०१७’ हुने भएको छ । प्रतिस्पर्धात्मक रुपमा १७ तारिख देखि १९ सम्म ४३ देशका ९९ लघु सिनेमा प्रदर्शन हुनेछन ।

१६ तारिख साँझ ६ बजे हुने ओपनिङ सेरोमणिमा नेपालबाट रोशनविक्रम ठकुरी निर्देशित ‘सिल्भर ब्यांगल्स’ प्रिमियर हुनेछ । करिब डेढ घण्टा चल्ने सेरोमणिमा १६ मिनेट लामो सिनेमाले गण्डक क्षेत्रको सत्यकथा भन्छ । सिनेमाको रेगुलर शो भने १९ तारिखमा रहेको छ ।

अविनाशविक्रम शाह र कुशंग राईले लेखेको सिनेमामा अर्पण थापा, ऋचा शर्मा, सरिता ज्ञवाली र माया ठकुरीको अभिनय छ । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । रोशनविक्रमले यसअघि फिचर सिनेमा ‘रंग’ पनि निर्देशन गरिसकेका छन् ।