‘ए सोल्टिनी’ शिर्ष गीत रिलिज

‘ए सोल्टिनी’ शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन पहिले प्रेसमिटमा सिनेमा ‘ए सोल्टिनी’को पोस्टर, गीत र ट्रेलर सार्वजनीक गरिएको थियो । सिनेमाको ट्रेलर सोहि दिन युटुवमा रिलीज गरिएता पनि गीत भने शनिबार मात्र सार्वजनीक गरिएको छ ।

सुनलाल बाइवाको शब्द/संगीत रहेको शिर्ष गीतमा शुभ तामाङ र निर्मला घिसिङले स्वर दिएका छन । अभि लामाको कोरियोग्राफीमा सविन श्रेष्ठ, गंगा राना, ज्ञान बहादुर जिम्बाले नृत्य गरेका छन । दिलकुमार घलान तामाङले निर्माण गरेको सिनेमा जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानर निर्माण भएको हो ।

निमा तामाङ लामाले निर्देशन गरेको सिनेमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङल लगायतका कलाकारले अभिनय गरेका छन् ।

https://youtu.be/DVu96uayRkw