‘सन्जु’सँग ‘ए सोल्टिनी’

‘सन्जु’सँग ‘ए सोल्टिनी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘ए सोल्टिनी’को रिलिज मिति तय भएको छ । असार १५ को डेटमा बलिउडको ‘सन्जु’ प्रदर्शनमा आउँदैछ । रनवीर कपूरको बहुप्रतिक्षित सिनेमा रिलिज हुने भएपछि यो मितिमा कुनै पनि नेपाली सिनेमाले जोखिम मोलेका थिएनन ।

अन्तत: २ साताको प्रचार समय राख्दै यो मितिमा ‘ए सोल्टिनी’ आउँन तयार भएको हो । निमा लामा निर्देशित सिनेमामा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी’को बितरण आर आर फिल्मले गर्दैछ । सोल्टिनीको माया पाउन सोल्टाले गर्ने संघर्ष र तड़पलाई मुख्य विषयबस्तु बनाएको सिनेमा कमेडी, लभ, एक्सन तथा सेन्टिमेन्टले भरिपूर्ण रहेको निर्देशक निमाको दावी छ ।
सिनेमामा विश्वास भण्डारीको छायाँकन तथा सम्पादन, सोमलाल वाइवा/विनय कटुको संगीत, राज गोलेको द्वन्द र अभि लामाको कोरियोग्राफी छ ।

https://youtu.be/6mEOtLv7RLE