युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा ‘ए मेरो हजुर २’ ट्रेलर (भिडियो)

युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा ‘ए मेरो हजुर २’ ट्रेलर (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । झरना थापा डेब्यु निर्देशन रहेको सिनेमा ‘ए मेरो हजुर २’को ट्रेलर युट्युब ट्रेन्डीङको नम्बर १ मा पुगेको छ । शुक्रबार साँझ ८ बजे अपलोड भएको यो ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

सार्वजनिक भएको २४ घण्टा भित्र सर्वाधिक भ्युजको रेकर्ड कायम गरेको ट्रेलरलाई दोहर्याएर हेर्नेको कमि छैन । १ नम्बर ट्रेन्डीङमा रहेको ‘छक्का पन्जा २’को गीत दोस्रो स्थानमा झरेको छ । ट्रेलरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-प्रस्तुति सलिनमान बानियाँको केमेस्ट्रीलाई रुचाइएको छ ।

भदौ १६ मा रिलिज हुने सिनेमाका दुई गीत एसअघिनै हिट भैसकेका छन् । सनिलकुमार थापाले निर्माण गरेको यो सिनेमामा साम्राज्ञी र सलिनका साथै सलोन बस्नेत, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।