नेपाली पहिरनमा चिटिक्कै साम्राज्ञी: ‘ए मेरो हजुर २’ दोस्रो गीत !(भिडियो)

नेपाली पहिरनमा चिटिक्कै साम्राज्ञी: ‘ए मेरो हजुर २’ दोस्रो गीत !(भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बर्षकै प्रतिक्षित सिनेमा ‘ए मेरो हजुर २’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘किनीदेउ न साइला दाई’ बोलको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी लक्ष्मी शाह प्रस्तुत भएकी छन् ।

मारुनी फ्लेवरमा निर्माण भएको गीतमा साम्राज्ञीलाई नेपाली पहिरनमा निकै सुहाएको देख्न सकिन्छ । यसअघी सार्वजनिक भएको गीतबाट साम्राज्ञीले तारिफ बटुलेकी थिइन् । जुन तारिफ यो गीतबाट पनी पाउने आशा गर्न सकिन्छ । बसन्त सापकोटाको शब्द/संगीतमा बनेको गीतमा साधना सरगमको स्वर समावेश छ | गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सिनेमामा साम्राज्ञीसंगै नवकलाकार सलिनमान बानियाँ, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिलकुमार थापा प्रोडक्सनबाट निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले पहिलो पटक निर्देशन गरेकी हुन् । सुनिलकुमार थापाको निर्मणमा बनेको सिनेमा भदौ १६ मा सार्वजनिक हुदैछ ।