‘ए मेरो हजुर २’को लोकप्रियता, पहिलो गीतलाई ५० लाख भ्यु

‘ए मेरो हजुर २’को लोकप्रियता, पहिलो गीतलाई ५० लाख भ्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘कसम हो कसम’ बोलको गीत पछिल्लो समयको लोकप्रिय गीत हो । संगीत, गायकी, कोरियोग्राफी, शब्द, लोकेशन, मेकिङ र कलाकारको केमेस्ट्रीले गर्दा यो गीतलाई दर्शकले रुचाएका छन् ।

अभिनेत्री झरना थापाको पहिलो निर्देशकीय सिनेमा ‘ए मेरो हजुर २’ गीतका कारण पनि प्रतिक्षित बन्न पुगेको छ । केहि महिना अगाडी टिमले रिलिज गरेको ‘कसम हो कसम’ बोलको गीतले युट्युबमा ५० लाख भ्यु क्रस गरेको छ ।

सिनेमा रिलिज अगावै ५० लाख भ्यु पुग्नुलाई गीतको लोकप्रियतामा मापन गर्न सकिन्छ । यो गीतमा कल्याण सिंहको संगीत, सुगम पोखरेलको स्वर र रेनशा वान्तवा राईको कोरियोग्राफी छ ।

सुनिलकुमार थापाले निर्माण गरेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, बुद्दी तामाङ, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ । सिनेमा भदौ १६ मा रिलिज हुदैछ ।