‘२ रुपैयाँ’मा यसरी  ‘टल्क्यो जवानी’

‘२ रुपैयाँ’मा यसरी  ‘टल्क्यो जवानी’

द सिनेमा टाइम्स
0
Shares

‘कुटुमा कुटु’ पछि ‘२ रुपैयाँ’ फिल्मले आफ्नो दोस्रो गीत रिलिज गरेको छ । फिल्मको क्लब गीत सार्वजनिक भएको हो । ‘टल्क्यो जवानी’ बोलको उक्त गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतले मिस तामाङ समेत रहिसकेकी सुमी मोक्तानसँग स्क्रिन सेयर गरेका छन् ।

गीतमा कलाकार शाह तथा  बस्नेतको स्वर रहेको छ । यी दुईलाई गायिका मिना निरौलाले साथ दिएकी छिन् । गीतमा रोशन थापाको सङ्गीत, एकतारे , सुरज शाही ठकुरीको शब्द रहेको छ । भदौ २३ गते प्रदर्शनमा आउन लागेको   ‘२ रुपैयाँ’का निर्देशक आसिम शाह हुन्  ।