‘दुई रुपैयाँ’ले काट्यो करोडको केक !

‘दुई रुपैयाँ’ले काट्यो करोडको केक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २३ गते रिलिज हुने सिनेमा ‘दुई रुपैयाँ’मा समावेश एउटा गीत अहिले सर्वाधिक हिट छ । राजनराज सिवाकोटीको शब्द/संगीत र स्वरमा सजिएको ‘कुटुमा कुटु’ बोलको गीतलाई सबै खालका श्रोता तथा दर्शकले मन पराएका छन् ।

त्यसैले पनि यो गीतले युट्युबमा रेकर्ड राख्न सफल भयो । छोटो समयमै करोड माथि भ्यु कटाएको यो गीतसँगै संगीतकार राजनराज सिवाकोटी ‘के’ टाउनमा ‘हट केक’ बनेका छन् । उनलाई अहिले बधाईको ओइरो छ । ढाई करोड बढी जनसंख्या भएको देशमा कुनै पनि भिडियोले करोड माथिको भ्यु पाउनु चानचुने कुरो होईन ।

तर, यहाँ राजनराजका शब्द/संगीतले युट्युबमा ह्याट्रिक नै गरेका छन् । त्यसैले उनि यो समयमा सबै तिरबाट बधाई थापिरहेका छन् । ‘कुटुमा कुटु’को सफलतालाई मध्येनजर गर्दै ‘दुई रुपैयाँ’ युनिटले सोमबार राजधानीमा सेलेब्रेसन पार्टी दियो । सिवाकोटीले मिडिया र ‘दुई रुपैयाँ’ टिम अगाडी ‘कुटुमा कुटु’ करोड भ्युको केक काटे । त्यसमा उनलाई साथ दिए सिनेमाका कलाकार र अर्का ह्याट्रिक म्यान कविराज गहतराजले ।

गहतराजद्वारा नृत्य निर्देशित भिडियोले यो गीतसँगै तिन पटक करोड माथिको भ्यु पाएका छन् । सिवाकोटीले यसअघि ‘पुर्व पश्चिम रेल’ र ‘सुर्के थैली हिट दिसकेका छन् । त्यस्तै गहतराजले ‘काले दाई’ र ‘पुर्व पश्चिम रेल’का नृत्य निर्देशन गरेका थिए । जुन गीतहरु युट्युबमा करोड भन्दा माथि हेरिएका छन् ।

असिम शाह निर्देशित सिनेमा ‘दुई रुपैयाँ’मा असिफ शाह, निश्चल बस्नेत, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ ।